Ultimate magazine theme for WordPress.

प्रचण्डले लगाए कोरोना कोरोनाविरुद्धको खोप

138

काठमाडौं । फागुन २३ देखि शुरू हुने संघीय संसदको अधिवेशनको लागि सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।सभामुख र राष्ट्रियसभा अध्यक्षसहित सबै सांसदहरूलाई आजदेखि सिभिल अस्पतालमा खोप लगाउन थालिएको हो ।

सभामुख अग्नि सापकोटा, प्रचण्ड-माधव पक्षका नेकपाका अध्यक्ष प्रचण्डलगायतकाले खोप लगाइसकेका छन् ।खोप लगाएरमात्र संसद भवनमा छिर्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकाहरूलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।

आज सांसदहरूले खोप लगाउँनेछन् भने अन्यको हकमा बिहीबार र शुक्रबारलाई तोकिएको सचिवालयले जनाएको छ ।बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिएको हो।प्रतिनिधि सभा बैठक फागुन २३ गते अपरान्ह ४ बजे बस्दैछ।