Ultimate magazine theme for WordPress.

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको दाबी

128

काठमाडौं । रकार र नेकपा विप्लव समूहबीच बालुवाटारमा जारि पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको छ । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा वार्ताबारे जानकारी दिँदै लेखेका छन्–”नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव० ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।” हिजो एक चरण अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज बिहानैदेखि निरन्तर औपचारिक वार्तामाबसेका थिए ।वार्ता भाँडिन सक्ने भएकाले एकैपटक निष्कर्षमा पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको स्रोतको भनाइ छ।

वार्तामा विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको श्रोतले बताएको छ। सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो। त्यसलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो।