Ultimate magazine theme for WordPress.

​विप्लव समूहसँग वार्ता सकिएलगत्तै प्रधानमन्त्री ओली सैनिक मुख्यालमा

726

कामठाडौं । प्रधानमन्त्री केपी ओली सैनिक मुख्यालय जंगीअड्डा पुगेका छन् । बुधबार प्रतिवन्धित नेकपाको विप्लव समूहसँग सरकारी टोलीले पहिलो चरणको वार्ता गरेलगत्तै प्रधानमन्त्री ओली सैनिक मुख्यालय पुगेका हुन् ।अब दोस्रो चरणको औपचारिक वार्ता कहाँ बस्ने भनेर खुलाइएको छैन ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा, सदस्य राजन भट्टराई र विप्लव समूहका वार्ता टोली संयोजक खड्ग विश्वकर्मा र दीपक चलाउनेबीच वालुवाटारमा बुधबार बिहान वार्ता भएको थियो । उक्त वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताए । वार्ता सकिएसँगै रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री ओली सैनिक मुख्यालय जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेपाली सेनाका अनुसार आजदेखि २१ गतेसम्म पृतनापति समन्वयात्मक बैठक–२०७७ सञ्चालन हुँदैछ । बैठकमा नेपाली सेनाका पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन तथा जंगिअड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणमा भए गरेका कार्यका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने नेपाली सेनाले जनाएको छ । शिवरात्रीमा मनाइने सेना दिवसको पूर्व सन्ध्यामा नेपाली सेनाले हरेक वर्ष पृतनापति समन्वयात्मक बैठक गर्दै आएको छ ।