Ultimate magazine theme for WordPress.

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि लगाए कोरोनाविरुद्धको खोप

92

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । बानेश्वरस्थित निजामती अस्पताल पुगेर देउवाले कोभिसिल्ड खोप लगाए ।बुधबारदेखि तीनदिनसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले निजामति अस्पतालमा खोप लगाउन सुरु गरेका छन् ।सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधबार कोभिडविरुद्धको खोप लगाए ।

संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय समाचार लेख्ने पत्रकारसहित १५०० लाई खोप लगाउने व्यवस्था गरिएको छ ।त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् ।संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेका थिए ।

तर बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।पदको लोभ नभएको, तर जिम्मेवारी आए नभाग्ने भन्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ।’उनीभन्दा अगाडि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रतिपक्षी भूमिकाबाट दायाँबायाँ हुन नहुने बताएका थिए । त्यसको जवाफ दिँदै देउवाले भने, ‘अरु पार्टीको (प्राधनमन्त्री) हुनुभन्दा आफ्नै पार्टीको हुँदा फाइदा नै होला, खुसी हुनुहोला भन्ने लाग्थ्यो ।

तर तपाईको कुरा अरु होस्, शेरबहादुर हुनै हुँदैन भने जस्तो लाग्यो । सानो चित्त नगर्नुस्, विशमल हृदय राख्नुस् रामचन्द्रजी ।’ उनले अघि भने, ‘प्रधानमन्त्रीका लागि मरिमेन्टेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैन ।’