Ultimate magazine theme for WordPress.

सरकार–विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि सकियो, विप्लव पनि…

382

काठमाडौं- सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका बीच दोस्रो चरणको वार्ता भएको छ । एकैदिन दुई पटक वार्ता भएको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको वार्ता खानाका लागि केही समय रोकिएपछि अहिले अपरान्ह पुनः वार्ता भएको हो ।वार्ता विषय केन्द्रीत रहेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिनुभयो । उहाले दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।

हिजो एक चरण अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज बिहानैदेखि निरन्तर औपचारिक वार्तामाबसेका थिए ।वार्ता भाँडिन सक्ने भएकाले एकैपटक निष्कर्षमा पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको स्रोतको भनाइ छ।वार्तामा विप्लव समूहले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको श्रोतले बताएको छ।

सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो। त्यसलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो।