Ultimate magazine theme for WordPress.

मेरो नि’यत ख’राब थिएन भन्दै प्रचण्डले मागे माफी

1,960

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासहित सात नेतालाई पार्टीबाट निलम्बन गरेको छ। समूहको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई ६ महिनका लागि निलम्बन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए। निलम्बन भएका अन्य केन्द्रीय सदस्यमा सहरी विकासमन्त्री प्रभु साह, प्रमुख सेचतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, महेश बस्नेत र कर्ण थापा छन्।

बैठकले नेम्बाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा गर्न निर्देशन दिएको छ। निलम्बन गरिएका सबै नेताहरु ओली समूहका हुन्। दलको मर्यादाविपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको नेता वर्षमान पुनले जानकारी दिए ।त्यस्तै प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षले आफ्नो भनाइको भिडियो काटेर गलत प्रचार गरेको र अब बोल्दा ध्यान पुर्याउने बताए। ‘मैले सचेत रुपमा अन्तर्वार्ता दिएको थिएँ। १२ बुँदेदेखिको प्रसंगमा मैले भारतसँगको विशिष्ट सम्बन्धका बारेमा जोड दिएर कुरा गरेको हुँ’, बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै स्थायी समितिका एक सदस्यले भने, ‘मैले चीनको कुरा पनि गरेको थिएँ।

तर, ओलीका सा’इबर स्यालहरूले भिडियो का टेर अपव्याख्या गरे। मेरो नियत ख’राब थिएन।’प्रचण्डले केन्द्रीय सदस्यहरूलाई आश्वस्त पार्दै थपे, ‘तैपनि आगामी दिनमा बोल्दा ध्यान पुर्याउनुपर्छ भन्नेमा म सचेत भएको भन्दै माफी मागेका छन्।’

प्रचण्डले केही दिनअघि प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू– कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा छिमेकी भारत र चीनलाई पनि कम्फर्टेबल हुन्छ’ भनेका थिए। जुन भिडियो काटेर ‘कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा भारतलाई पनि कम्फर्टेबल हुन्छ’ भन्ने बनाएर प्रचण्ड भारतसँग मिलेको भन्दै प्रचार गरिएको थियो।