Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री ओलीले ओ काले, ओ काले…ओ भालु, एता हेर… भन्दै जिस्काएपछि…

696

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ललितपुरको जावलाखेलमा रहेको चिडियाखानाको अवलोकन गरेका छन् । बुधबार जावलाखेल पुगेर ओलीले चिडियाखानाको अवलोकन गरेका हुन् ।प्रधानमन्त्री ओलीले रोचकताका साथ वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गरेका हुन् । वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर ओलीले, ‘ओ भालु, एता हेर…ओ भालु उता हेर..’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए ।

वन्यजन्तुलाई रोचक ढंगले बोलाएका प्रधानमन्त्री ओलीले चिपान्जी भएको ठाउँमा पुगेर, ‘ओ काले, ओ काले…’ भन्दै बोलाए । चिडियाखाना प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाए ।ओलीले केरा र स्याउ खुवाएर हात्तीलाई खुसी बनाएका हुन् ।

अवलोकनसँगै प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओलीले चिडियाखाना परिसरमा प्रतिस्थापन गरिएको शिलापत्रसमेत अनावरण गरेका छन् । २०५२ साल पुस १४ गते स्थापना भएको सदर चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राप्त गरेको २५ औं वर्ष पुगेको अवसरमा बुधबार विषेश कार्यक्रम गरिएको हो ।