Ultimate magazine theme for WordPress.

झापामा तीनवटा सवारीसाधन ठो’क्किँदा दुई जनाको मृ’त्यु, ४ जनाको अबस्था चि’न्ताजनक

314

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सु’रुङ्गामा तीनवटा स’वारीसाधन ठो’क्किँदा दुईजनाको मृ’त्यु भएको छ । घा’इते ४ जनाकाे अवस्था चि’न्ताजनक छ ।दु’र्घटना परी मृ’त्यु हुनेमा कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।

उनीहरूको उपचारका क्रममा बि’र्तामोडस्थित बिएण्डसी अस्पतालमा मृ’त्यु भएको हो । प्रहरीका अनुसार कनकाई नगरपालिका ४ सुरुङ्गास्थित को’टीहोम नजिकै बुधवार दिउँसो प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आ’पसमा ठो’क्किएका हुन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख १६८४ नम्बरको ग्यास बो’केको ट्रकले उ’छिन्ने क्रममा वि’परित दिशाबाट आउँदै गरेको कार र मोटरसाइकलसँग ठो’क्किँदा दु’र्घटना भएको हो । दु’र्घटनामा परी कारमा सवार चार र मोटरसाइकलमा सवार दुई गरी ६ जना घा’इते भएका थिए । त्यसमध्ये कारमा सवार दुई जनाको मृ’त्यु भएको हो ।

ग’म्भीर घा’इते हुनेमा कारमा सवारमा मृ’तक मगरकी श्रीमती ३० बर्षीया अन्जु मगर, कारमै सवार ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी नगरपालिका २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ रहेको डिएसपी थापाले बताए ।उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था चि’न्ताजनक रहेको प्रहरीले जनाएको छ । दु’र्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।