Ultimate magazine theme for WordPress.

‘भगवान यस्तालाई जन्म दिन भन्दा ग’र्भमै तु’हियोस् र कसैलाई यस्तो छोरा नदिउन् ।

3,685

काठमाडौं । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओ’गटेको भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् ।आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मलेन गर्दै पर्वत कुश्मा वडा नम्बर ५ स्थायी घर भएका बुवा हरि कुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रो’क्का गरेर कु’टपिट गर्दै आएको जानकारी दिएका हुन् । पत्रकार स’म्मलेनमा बोल्दै हरी बहादुरले सानो भ-याङमा भएको सानो भ-याङस्थित ७० हजार रुपैयाँ महिनाको भाडा आउने तीन तलाको घर छोराले ओ’गटेको बताए ।

उनले छोरीले इजरायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घ’डेरी किनेको जानकारी दिए ।‘छोरीको ना’गरिकता हामीसँग नभएकोले आमाको नाममा घर पास गरिएको हो’ उनले भने, ‘तर छोराले त्यही सम्पत्तिलाई दा’बी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मु’द्दा दिएको छ ।’ श्रेष्ठले छोरा प्रेमराजा श्रेष्ठलाई २०५८ सालमा चिनमा एमबीबीएस अध्ययन गर्न पठाएको, ०७२ सालसम्ममा एमबीबीएस, पीएचडी सकेर नेपाल फर्किएको र १४ वर्षसम्म एमबीबीएसदेखि पीएचडीसम्म आफ्नो जायजेथाले पढाएको बताए ।

उनले छोराले आफूलाई मुद्दामा बाबु नाता पर्ने लेखेकोमा दखेसो गरे । उनले भने, ‘अहिले छोराले मेरोआमा बुबा होइन भन्छ ।’उनले छोराले आफूलाई डाक्टर भन्दै अं’कलोजीमा पी’एचडि गरेको र सिभिल अस्पतालमा काम गरेको सुनेको उल्लेख गरे । तर आफूहरुबीच बो’लचाल नभएको पनि उनले सुनाए । उनले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओ’गटेको हुनाले आफूहरु आफन्तकोमा श’रणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी श’रणार्थी भएर हिड्न परेको छ’, उनले भने ।

कार्यक्रममा बोल्दै आमा कमलादेवीले रातदिन दुः’ख गरेर छोरालाई हु’र्काएको, पढाएको छोराले मुख छा’ड्दा मन दुखेको बताइन् ।‘छोराले मलाई आज आमा होइन भन्दा बोली रो’किन्छ’, उनले भनिन् । छोराको लागि गरेको मैले दुख प्रमाण देखाउन परेको भन्दै आराम गर्ने बेलामा मु’द्दा मा’मिलामा हिँड्न परेको गु’नासो गरिन् । उनले छोरा–छोरीलाई हु’र्काएको पनि प्रमाण हुन्छ र ? प्रतिप्रश्न गरिन् । यस्तो छोरा कसैको कोखमा जन्म नलिउन भन्दै उनले भनिन्, ‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अ’न्धो हुनुपर्छ ।’उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा ग’र्भमै तु’हियोस् र कसैलाई यस्तो छोरा नदिउन् ।