Ultimate magazine theme for WordPress.

भूकम्पको धक्का महसुस

540

काठमाडौं- बुधबार साँझ दोलखामा भूकम्पको महसुस गरिएको छ ।बुधबार साँझ ६:४३ मा गौरिशंकर हिमालको आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।सो भूकम्प ४.२ रेक्टर स्केलको भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यस्तै दोलखाकै अर्को प्रसंग – दोलखाको जिरी नगरपालिकामा ४५ दिने होजियारी तालिम मंगलबार सम्पन्न भएको छ । जिरी नगरपालिकाको आयोजना र जिरी नगरस्तरीय महिला मञ्चको सहयोगमा भएको तालिममा ९ वटा वडा रहेको पालिकाका प्रत्येक वडाका २–२ जना गरि १८ जनाको सहभागिता रहेको थियो ।

चन्द्र लक्ष्मी प्रजापति र राम प्रसाद वैद्यले तालिममा सहभागीहरुलाई मेशिनबाट टोपी, स्वीटर, हाइनेक, मखमल निर्माण सम्बन्धि प्रशिक्षण दिएका थिए । तालिम कार्यक्रममा बोल्दै नगर प्रमुख टंक जिरेलले व्यत्तिले चाहेको उद्यम गर्नुपुर्व सीप सिक्नु जरुरी रहेको बताए । सानो लगनाीमा होजियारी उद्योग सञ्चालन गर्न सकिने र आम्दानी पनि राम्रो गर्न सकिने भएकोले यसतर्फ महिलाको आकर्षण बढाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको उनले बताए ।