Ultimate magazine theme for WordPress.

सरकार र विप्लव समूहबीच आजै तीनपटक वार्ता, भोलि बिहीबार…

185

काठमाडौँ- नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बुधबार पटक-पटक गरी तेस्रो चरणको वार्ता भएको छ। तेस्रो पटकको वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको हो। तेस्रो पटकको वार्ता पनि सकारात्मक रहेको र भोलि बिहीबार पनि वार्ता जारी रहने बताइएको छ।

यसअघि दुई पटकको वार्ता प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको थियो र वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीकमा परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका थिए। बुधबार बिहानदेखि सुरु भएको वार्ता टोलीमा सरकारी वार्ता टोलीका दुई र विप्लव नेतृत्वको नेकपाका दुईबीच वार्ता भएको थियो।

वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए भने विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने सहभागी थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान साढे सातदेखि ११ बजेसम्म भएको पहिलो चरणको वार्तामा सरकारले विप्लव समूहको पहिलो शर्त कार्यान्वयनको सिलसिलामा उसका नेता तथा कार्यकर्ता रिहा गर्न सहमत भएको थियो।