Ultimate magazine theme for WordPress.

सरकारसंग बार्तामा बसिरहेको ‘विप्लव’ समूहद्वारा सुर्खेतमा संगठनात्मक अभियान तिव्र

119

काठमाडौं- काठमान्डौ मा सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिच काठमान्डौमा बार्ता चलिरहेको छ । आजै बिभिन्न चरणमा ३ चोटी बार्ता भएको छ सरकार पक्ष र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘विप्लव’ समुहले बार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । तर सरकारसंग बार्तामा बसिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभरि संगठनात्मक अभियान भने तिब्र बनाइरहेको सूचना सिधा कुरालाई प्राप्त भएको छ ।

‘विप्लव’ समुहले सुर्खेत जिल्ला सदस्य तथा चिङ्गाढ गाउँपालिका इ’न्चार्ज सञ्जिबको आतिथ्यतामा बुधबारका दिन चिङ्गाढ गाउँपालिका वडा नम्बर–२ मा दुर्गासिंह खड्काको सभापतित्वमा बसेको भेलाले दुर्गासिंह खड्काको अध्यक्षतामा १७ सदस्यीय नेपाल ममदुर संगठनको वडा कमिटी गठन गरिएको श्रोतले बताएको छ । प्राप्त जानकारी अनुसार उक्त भेलामा इ’न्चार्ज सञ्जिबले देश र जनताको मु’क्तिका लागि एकीकृत ज’नक्रा’न्तिमा गो’ल ब’न्द हुँदै बैज्ञानिक समाजवाद स्थापना गर्न लाग्नुपर्ने मा जोड दिएका थिए ।