Ultimate magazine theme for WordPress.

साढे ९ बजेदेखि बिप्लब समूह र सरकारबिच बार्ता शुरु, आजै सहमति हुने

126

काठमाडौं- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच जारी वार्ता प्रक्रिया सकात्मक निष्कर्ष तर्फ अघि बढेकोछ । हिजो बेलुकी बसेकोले वार्तामा हालसम्म भएका छलफलका विषयवस्तुलाई निर्णायक बनाउन आधार तयार भएको बुझिएकोछ ।आज बिहान साढे नौ बजे पुनः वार्ता बस्दैछ । आज हुने वार्ता सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बीचको वार्ता नै निर्णायक बन्ने र सकारात्मक निष्कर्षमा पुग्ने प्रबल संभावना रहेको दुवै वार्ता टोली स्रोतबाट जानकारी हुन आएकोछ ।

बुधबार बिहानदेखि सुरु भएको वार्ता टोलीमा सरकारी वार्ता टोलीका दुई र विप्लव नेतृत्वको नेकपाका दुईबीच वार्ता भएको थियो। वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए भने विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने सहभागी सहभागी छन।