Ultimate magazine theme for WordPress.

भरतपुरको मालपोत चोकमा दुई ट्रक ठो’क्किए

158

चितवन,फागुन २०- भरतपुरको मालपोत चोकमा मोटरसाइकललाई जो’गाउन खोज्दा दुई ट्रक एक आपसमा ठो’क्किएका छन । केन्द्रिय बसपार्कबाट आपँटारी तर्फ जाँदै गरेको ना ५ ख ९६८९ नम्वरको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख ९१२२ नम्वरको ट्रक मालपोत चोकमा एक आपसमा ठ’क्कर खाएका हुन ।

सोही क्रममा ट्रकको पछाडिबाट ना ४२ प ४१३ नम्वरको मोटरसाइकल ठ’क्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घा’इते भएको छ । उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । घा’इतेको अवस्था सामान्य छ । मोटरसाइकललाई ब’चाउन खोज्दा दु’र्घटना भएको थापाले बताउनुभयो ।