Ultimate magazine theme for WordPress.

विप्लव भोलि सार्वजनिक हुने

406

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि उनी सार्वजनिक हुने भएका हुन् ।भोलि हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शार्म ओली र विप्लवले सम्बधोन गर्नेछन् । विप्लव पछिल्लो तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ ।

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ। सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदै सहमति भएको हो।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको छ।

यसअघि बुधबार सरकार र विप्लव समूहबीच दुई चरणमा वार्ता भएको थियो । मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोली गठन गरेको सार्बजनिक गरेका थिए ।वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् भने विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ रहेका थिए ।