Ultimate magazine theme for WordPress.

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटायो

95

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाएको छ ।सरकारी पक्षसँग भएको ३ बुँदे सहमतिअनुसार विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाइएको हो ।सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्धको घोषणा गरेका थियो । बिहीबार सरकारी पक्ष र विप्लव पक्षबीच भएको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ।

सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदै सहमति भएको हो। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको छ।

यसअघि बुधबार सरकार र विप्लव समूहबीच दुई चरणमा वार्ता भएको थियो । मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोली गठन गरेको सार्बजनिक गरेका थिए ।वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् भने विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ रहेका थिए ।