Ultimate magazine theme for WordPress.

ओलीका दुइ चमत्कार: सिके राउतपछि विप्लव समुहलाई पनि शान्तिपूर्ण राजनीतिमा

140

काठमाडौं- सरकारले ह’त्या हि’सांको बाटोमा रहेको नेत्रविक्रम चन्द विप्लव समुहलाई शा’न्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको छ । सिके राउतपछि विप्लवलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएको हो ।दुई वार्ता टोलीबीच दुई दिनमा तीन चरणमा भएको वार्तामा सहमति जुटेको छ ।

तीन बुदे सहमतिअनुसार विप्लव समुहले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ । सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव समूह आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्न तयार भएको वार्ता टोली सदस्य डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । सहमतिलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गरेर सार्वजनिक गर्नुहुने भएको छ ।