Ultimate magazine theme for WordPress.

‘पैसावाला मन्त्री’ले हेलिकोप्टर चार्टर गरेर मुख्यमन्त्री राई दम्पत्तिलाई रुम्जाटार घुमाए

664

काठमाडौं, २० फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई हेलिकोप्टर चार्टर गरेर ओखलढुंगा जिल्लाको रुम्जाटार घुमाएका छन् ।बिहीबार मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङ्मु शेर्पाले सामाजिक सञ्जालमामार्फत् मन्त्री गुरुङले न्यानो स्वागत, सत्कारका साथ सुन्दर ठाउँ ओखलढुंगाको रुम्जाटार घुमाएको धन्यवाद दिएकी छन ।

उनले आफ्नो फेसबुकमा मन्त्री गुरुङको श्रीमती र छोरीका साथमा आफूहरुको फोटो खिचाएर सार्वजनिक गरेकी छन् ।उनले भनेकी छन्, ‘ओखलढुंगाको अति नै सुन्दर ठाउँ रुम्जाटार मेरो श्रीमान माननीय शेरधन राई र भौतिक पूर्वाधार बिकास राज्यमन्त्री अम्बिरबाबु गुरुङका साथ जाने बस्ने र घुम्ने सिलसिलामा गर्नुभएको न्यानो स्वागत, सत्कार र आतिथ्यताका लागी हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।’

उपप्रधानमन्त्री ईश्वर पोखरेलका खास मान्छे भनेर चिनिने मन्त्री गुरुङले यसअघि पनि थुप्रै पटक हेलिकोप्टर चार्टर गरेर नै मुख्यमन्त्री राईलाई ओखलढुंगा घुमाउदै आएका छन् ।०७४ ओखलढुंगाको प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार बनेर विजयी भएका हुन् उनी । एमाले नेता गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाएका थिए ।

जनतासामू एक नामले चिनिए पनि उनको परिचय विविध रहेका छन् । लामो समय विदेश बसेर आएका उनी धनाढ्य पनि हुन् । चक्रपथ सडकखण्डके धुम्बाराहीस्थित रिजेन्सी टावर पनि उनकै हो । यसरी उनलाई ‘पैसावाल मन्त्री’ का रुपमा पनि उनलाई कार्यकर्ताले चिन्ने गर्नेको बताइन्छ ।