Ultimate magazine theme for WordPress.

आमा बन्दै गायिका श्रेया

185

बलिउड गायिका श्रेया घोषाल आमा बन्दैछिन्। श्रेयाले बिहिबार सामाजिक सञ्जालमा आफू छिट्टै अभिभावक बन्ने जानकारी सार्वजनिक गरेकी हुन्। श्रेयाले इन्स्टाग्राममा गर्भावस्थाको फोटो सेयर गर्दै लेखेकी छन्, ‘श्रेयादित्या आउँदैछन्। आदित्य र म यो खबर सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं। हाम्रो जीवनको यो नयाँ यात्रामा तपाईंको माया र आशीर्वादको खाँचो छ।’

श्रेयाको पोस्टमा सेलिब्रेटी र उनका शुभचिन्तकहरूले चासो देखाउँदै बधाई दिएका छन्। सन् २०१५ फेब्रुअरीमा श्रेया र शिलादित्य मुखोपाध्यायको विवाह भएको थियो। विवाहको ६ वर्षपछि उनीहरू पहिलो पटक अभिभावक बन्ने भएका हुन्। सन् २०२१ मै थुप्रै सेलिब्रेटीहरू अभिभावक बनेका छन्। शुरूमा अभिनेत्री अनुष्का शर्मा र विराट कोहली अभिभावक बनेको खबर सार्वजनिक भयो।

अभिनेत्री करिना कपुर र सैफ अलि खानका पनि हालै दोस्रो सन्तान भएको छ। कमेडियन कपिल शर्मा र उनकी पत्नी गिन्नी छत्रतले पनि यसै वर्ष दोस्रो सन्तान जन्म दिए। उनीहरू बाहेक थुप्रै टेलिश्रृङ्खलाका कलाकारहरू पनि सन् २०२१ मा अभिभावक बनेका छन्।