Ultimate magazine theme for WordPress.

दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

64

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन्। प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गरेका छन् ।

पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका थिए । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका छन् । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ । प्रमुख आयुक्त राईले गरेको उक्त स्वघोषणाको गरी दिएको सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई धर्म निरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकोले दुष्कर्महरु अझ बढेर गएको बताएका छन्। धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपंक्तिमा रहेकाले यसलाई व्यापकता दिलाउन पनि महिलाहरुकै भूमिका उपयुक्त हुने थापाले बताए।

धर्म संस्कृतिलाई जोगाउन राप्रपाले प्रण गरेको हुँदा पार्टीको संगठनलाई मजबुत बनाएर आगामी निर्वाचनमा देशको प्रमुख राजनीतिक शक्तिको रूपमा राप्रपालाई स्थापित गर्न महिला संगठनले मूख्य भूमिका निर्वाह गर्ने आफूले विश्वास लिएको थापाले बताए ।महिलाहरुको नेतृत्व विकासलाई मध्यनजर गर्दै राप्रपाले आगामी वैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन जना महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गरेको उनले बताए।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष कुन्ति कुमारी शाहीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महिला नेतृहरु मिना सुवेदी, निना भेटवाल, मिरा कुँवर, अष्टमाया लामा लगायले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन युवा नेतृ कुमारी स्याङतानले गरेकी थिइन् ।