मंगलबार १८ आश्विन २०७९

दार्चुला- दार्चुलाको छाङ्गरुमा नेपाल टेलिकमको नमस्ते टावरमा फोरजी लाइन जडान हुने भएको छ । तीन वर्ष अघिबाट निर्माण सुरु भएको छाङ्गरुको टावरको लागि समान ढुवानी भएको हो ।

नेपाल टेलिकमको समान सदरमुकाम खलंगाबाट प्रभु हेलिकप्टरमार्फत छाङ्गरु ढुवानी गरिएको व्याँस गाउँपालिका वडा नम्बर १ वडा सचिव बिनोदसिह बुढाथोकीले जानकारी दिनुभयो ।

छाङ्गरुमा फोरजी लाइन समेत जडान हुने छ ।भारतसँग सीमा जोडिएको छाङ्गरुमा नमस्ते टावर नहुँदा यसअघि सुरक्षाकर्मी र स्थानीयको लागि एनटीसेट लाइन जडान गरिएको छ ।

छाङ्गरुमै स्काई फोनको टावर भए पनि बेला बेला विग्रिने गरेको कारण स्थानीय पटकपटक सञ्चारसेवाबाट वञ्चित हुँदै आएका थिए ।

भारतले अतिक्रमण गरेको कालापानी नजिकै नेपाल टेलिकमले टावर जडान गरेपछि छाङ्गरुबासी, सशस्त्र प्रहरी नेपाल प्रहरीको लागि मात्र नभई भारतीय अतिक्रमणमा रहेका नावी, गुञ्जी र कुटी गाउँसम्म टेलिकमको पहुँच पुग्ने छ ।

छाङ्गरुमा निर्माण गरिएको नमस्ते टावरमा दुई साताभित्र टु जी र फोरजी लाइन जडान सकिने टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले फोरजी लाइन जडान गर्ने छ भने टु जी लाइन टेलिकम दार्चुलाले गर्ने बताइएको छ ।


Last Updated on: August 21st, 2022 at 8:53 pm

तपाईको प्रतिक्रिया