Ultimate magazine theme for WordPress.

चैत्र ३० गते सोमबार तपाईको भाग्यरेखा वा राशिफल हेर्नुहोस

443

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)-राजनीति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)-बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् ।अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)-दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)-नीतिनिर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)-कामगर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण उपलब्धिहरु गुम्नेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)-बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)-आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)-व्यापार व्यावसायला लगानि बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । कार्यक्षेत्रमा आउने समस्याहरुलाई हल गर्ने क्षमता बढ्ने हुनाले कार्यसम्पादन मुल्याङकन सुचक बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहनेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)-पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)-बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)-न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ । बिहानको समयमा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)-बिहानको समय राम्रो रहेकोले आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ