Ultimate magazine theme for WordPress.

जे नहुनु थियो त्यहि भैदियो उपत्यकामा पनि, अन्ततः सरकारले सर्वसाधारणको लागि जारि गर्यो यस्तो सूचना

766

मुलुकमा नयाँ भेरियन्टसहितको को’भिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा क’डाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो ।

त्यसबाट सङ्क्रमण फैलने ड’र हुन्थ्यो । अब त्यसरी मास्क फ्याँ’क्नेलाई कारवाही गर्ने गरी उपत्यकाको प्रशासनले नयाँ व्यवस्था लागू गरेको छ । मुख्यगरी यातायातका साधन सञ्चालनमा थप क’डाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन भनेको छ ।

अब वि’सर्जन गर्नुपर्ने मास्क ब’न्द ड’स्टविन वा प्लाष्टिकको झोलामा ब’न्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ । त्यसपछि मात्रै वि’सर्जन गर्नुपर्ने छ । अ’टेर गरेमा का’रवाही हुनेछ ।घर तथा सार्वजनिक स्थानमा ज’थाभावी न’थुक्न र प्रयोग गरेको मास्क ज’थाभावी न’फ्याँक्न पनि भनिएको छ ।

सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रो’ग ऐ’न २०२० अनुसार का’रवाही गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।सरकारी आदेशअनुसार काठमाडौँ प्रशासनले उपत्यकामा सङ्क्रमण रो’क्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो ।

नयाँ भे’रियन्टसहित कोभिड–१९ म’हामारीको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसको रो’कथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार महत्वपूर्ण निर्णय गरेको थियो ।सोही निर्णयको आधारमा गृहमन्त्रालयबाट प्राप्त निर्देशनानुसार आज काठमाडौँ प्रशासनले विशेष सूचना जारी गरी सा’वधानी अपनाउन भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले मास्क र भा’इजर अनिवार्यरूपमा लगाउन भनेको छ । सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाई आएमा चालक तथा सहचालकले बढीमा रु १० लिई उपलब्ध गराउन पनि आज विशेष सूचना जारी गरी जनाएको छ ।

मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश नि’शेष गरिने छ ।लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन पाउने छैन । शुरुको गन्तव्यदेखि हिँडेपछि मानिस नचढाइ अन्तिमसम्म जानुपर्नेछ । त्यस्तै यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउन भनिएको प्रजिअ पराजुलीले जानकारी दिनुभयो ।

सार्वजनिक यातायातका साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुमा मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले भनेको छ ।सूचनामा जिल्लाका महानगर र सबै नगरपालिकामा रहेको शैक्षिक संस्था भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ ।

निर्धारित परीक्षा भने सुरक्षित साथ नियमित गर्न सकिने छ ।सिनेमा हल, पार्टी प्यालेस, डा’न्सबार, दोहोरी नाचघर, क्लब, जि’मखाना, स्वीमिङ पुल, फु’ट्स सभा, जु’लुस, हाटबजार, रङ्गशालामा हुने द’र्शकसहितको खेलकूद र मानिसको भि’डभाड हुने अन्य प्रकारका सबै कार्यक्रम वैशाख मसान्तसम्म ब’न्द गरिएको छ ।

एक पटकमा २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सपिङ मल डिपार्टमेन्टल स्टोर्सका सञ्चालक तथा व्यवस्थापकलाई जनस्वास्थ्यका मा’पदण्डको पूर्णपालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायत अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी कार्य सञ्चालन गर्न भनिएको छ ।

विवाह र व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा स्थानीय प्रशासनसँग अनुमति लिनुपर्नछ । त्यसका लागि जनस्वास्थ्यको मा’पदण्ड पालना गर्ने र २५ जना मात्र सहभागी हुने भनी प्रशासन कार्यालयमा निवेदनसहित उपस्थित भएमा अनुमति प्रदान गरिने छ तर २५ जनाभन्दा कम मानिस सहभागी भई आफ्नै घर कम्पाउण्डमा विवाह र व्रतबन्ध कार्य गर्न भने पाइने छ ।

मठ मन्दिर, म’स्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मा’पदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पूजा ध्यान प्रार्थना मात्र गर्न भने पाइने छ । सभा, स’म्मेलन, गो’ष्ठी, से’मिनार, बैठक, तालीम, प्रशिक्षणजस्ता क्रियाकलाप भ’र्चुअलका माध्यमबाट गर्न भनिएको छ ।

कार्यालय पसलजस्ता सार्वजनिकस्थलमा स्या’निटाइज र मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने छ । कुनै व्यक्तिले मास्क नलगाई आएमा कार्यालय तथा पसलमा प्रवेश नदिन पनि सूचित गरिएको छ । होटल तथा रेष्टुराँ बिहान ८ देखि राति ८ सम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

को’भिड–१९ रोकथान तथा व्यवस्थापनका सन्दर्भमा सबै स्वास्थ्यका मा’पदण्ड अबलम्वन गर्नेपर्ने, घर बाहिर निस्किँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए पनि कम्तीमा १० दिन हो’मक्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ ।

पिसिआर परीक्षणको रिपोर्ट दिएपछि नतिजा नआएसम्म घरबाहिर हिँ’डडुल, भे’टघाट, बैठक गर्न पाइने छैन । स्थानीय तहमा क्वा’रेन्टिन र आइसोलेशनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्न अनुरोध गरिएको छ ।यसरी सरकारी आदेश र स्वास्थ्य मा’पदण्ड पालना नगरेमा स्थानीय तह,

प्रशासन, स्वास्थ्य कार्यालय, स्वास्थ संस्था, टोलसुधार समिति र उपभोक्ता समितिलाई य’थाशीघ्र जानकारी गराउन भनिएको छ । होम आइसोलेशनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्यमा कुनै स’मस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जानकारी गराउन आग्रह गरिएको छ ।