Ultimate magazine theme for WordPress.

कम्तिमा १० दिन ‘लकडाउन’ गर्न एलएमसीसीको डीसीसीएमसीलाई सिफारिश !

253

पोखरा । बागलुङमा एक विद्यालयका ३९ जनामा कोरोना संक्रमण भएको छ । आइतबार र सोमबारसमेत निरन्तर पढाइ चलेको जिल्लाको बागलुङ नगरपालिकाको एक विद्यालयमा विद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाको सामान्य लक्षण देखा परेपछि ९८ जनामा गरिएको परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख डा. सुरज गुरौंले जानकारी दिए ।पोखराको क्ष’यरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ती नयाँ संक्रमित फेला परेका हुन् ।

संक्रमित सबै अहिले होम आइसोलेसनमा छन् । एउटै विद्यालयबाट यति ठुलो संख्यामा अभिभावक, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाको पालिका स्तरीय को’भिड–१९ संकट व्यवस्थापन केन्द्र (एलसीसीएमसी)को आकस्मिक बैठकले नगरपालिकाका वडा नम्बर १२, १३ र १४ लाई कम्तिमा १० दिन पूर्ण रुपमा बन्द गर्न जिल्ला स्तरीय को’भिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

‘बागलुङमा समुदायस्तरमै कोरोना देखियो । अभिभावक, विद्यार्थी र शिक्षक सबैलाई कोरोना संक्रमण देखिन थाल्यो,’ डा गुरौंले भने, ‘सरकारले गरेको निर्णयमा पनि अटेर गरेपछि १० दिनका लागि विद्यालय पूर्ण रुपमा ब’न्द गर्न सिफारिस गर्ने निर्णय भएको छ ।’

एलसिसिएमसीको बैठकले डीसीसीएमसीलाई बागलुङको बलेवा क्षेत्र ब’न्द गर्न सिफारिस गरेको हो । एलसीसीएमसीको सिफारिसलाई डीसीसीएमसीले सदर गरेमात्रै त्यहाँ लकडाउन हुनेछ ।केही समयअघि भारतबाट आएका ३ जनामा कारोना संक्रमण देखिएको र त्यसैबाट अरुमा पनि सरेको हुनसक्ने डा गुरौंको भनाइ छ ।

‘३ जनामा कोरोना देखिएपछि क’न्ट्याक ट्रेसिङ गर्दा थप ८ जनालाई देखिएको थियो,’ गुरौंले भने, ‘अहिले सबै संक्रमित त्यही कन्ट्याक ट्रे’सिङबाटै पुष्टि भएका हुन् ।’प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा कोरोना संक्रमितको संख्या एक हजार १ सय ७ पुगेको छ ।

जसमध्ये अहिलेसम्म ८ जनाको मृ’त्यु भइसकेको छ । बैशाख २ गते सरकारले गण्डकी प्रदेशको बागलुङ र पोखरासहित १४ वटा जिल्लालाई उच्च जो’खिमयुक्त जिल्ला घोषणा गरिसकेको छ ।कोरोना अतिप्रभावित ती जिल्लाका विद्यालय ब’न्द गर्नसमेत अपील गरिसकेको थियो । तर, ती जिल्लाले अटेर गर्दै पढाइ निरन्तरता दिइरहेका छन् ।

सरकारको अपीलले मात्रै प्रभावकारी भूमिका निर्वाह नगरेपछि सोमबार मन्त्रिपरिषद्को बैठकले नै सबै विद्यालय बैशाख अन्तिमसम्मका लागि ब’न्द गर्ने निर्णय नै गरेको छ ।सरकारले विद्यालयको भौतिक पढाइलाई बैशाख मसान्तसम्म पूर्ण रुपमा ब’न्द गरेर वैकल्पिक माध्यमबाट पढाउन निर्देशन जारी गरेको छ । तर, गण्डकीका कास्की, बागलुङलगायत ठाउँका विभिन्न स्कुलले पढाइलाई जारी राखेका थिए ।