Ultimate magazine theme for WordPress.

Breaking: बागलुङको बलेवा क्षेत्रमा १० दिन लकडाउन घोषणा

118

पोखरा । बागलुङ नगरपालिकाको एक विद्यालयमा एकै दिन ठूलो संख्यामा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा १० दिन लकडाउन घोषणा गरिएको छ ।मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातिदेखि लागुहुनेगरी लकडाउन घोषणा गरेको हो ।

मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातीदेखि लागुहुनेगरी बन्दाबन्दी घोषणा गरेको हो ।बागलुङ नगरपालिका–१४ नारायणस्थान, वडा नं. १२ अमलाचौर र वडा नं. १३ पैञ्युपाटमा दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोतव्यक्ति सुरज गुरौले जानकारी दिए ।

समितिको सिफारीसमा जिल्ला प्रशासन कार्यालय बागलुङले बन्दाबन्दी घोषणा गर्नेछ ।धेरै संख्यामा विद्यार्थी कोरोना संक्रमित भएपछि बागलुङ नगरपालिकाले बलेवा क्षेत्र बानपा–१२, १३ र १४ नम्बर बडालाई सिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको थियो ।

कोरोना संक्रमण समुदायमा फैलने त्रास बढेपछि तीन वटा वडालाई तत्काल दश दिनकोलागि बन्दाबन्दी गर्ने निर्णय भएको गुरौले बताए । मंगलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ जना विद्यार्थी सहित सोही विद्यालय आसपासको समुदायका संकास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघी सोही विद्यालयका दुई जना शिक्षकमा कोरोना संक्रमण देखा परेको थियो । जनताधन माध्यामिक विद्यालय अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ ।बन्दाबन्दीको समयमा संक्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने छ ।