Ultimate magazine theme for WordPress.

पूर्वराजा ज्ञानेन्द दम्पती नर्भिक अस्पताल भर्ना

133

काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मी शाहलाई अस्पताल भर्ना भएका छन्। निर्मल निवास स्रोतका अनुसार स्वास्थ्य अवस्था सन्तोषजनक रहे पनि डाक्टरको सल्लाहमा उनीहरु नर्भिक अस्पताल भर्ना भएका हुन् ।

चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा बस्ने सल्लाह अनुसार पूर्व राजदम्पती शनिबार दिउँसो १ बजेपछि निर्मल निवासबाट नर्भिक अस्पताल गएका हुन्। पूर्वराजा शाह १० दिन लामो भारत भ्रमणबाट फर्किएको केही दिनमा दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप समाचार – सरकारले एक सातापछि लकडाउन गर्ने तयारी गरेको छ । जनस्वास्थ्यका नयाँ मा’पदण्ड जारी गर्ने तयारीसँगै सरकारले लकडाउन गर्न लागेको हो । कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जो’खिम नि’म्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको हो ।

पहिलो एक हप्ता जनचेतना फै’लाउने र जनस्वास्थ्यको आ’चारसंहिता क’डाइका साथ लागु गर्न सार्वजनिक अपिल गर्ने त्यसपछिको अवस्था हेरेर लकडाउन गर्नु परे निर्णय लिन सक्ने कानुन मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।मन्त्री श्रेष्ठका अनुसार बसमा यात्रा गर्ने यात्रुलाई जनस्वास्थ्यका मा’पदण्ड पालना गराउने जिम्मेवारी चालक र सहचालकको हुनेछ।

यस्तै विद्यालयको जिम्मेवारी प्रधानाध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्षको हुनेछ ।डा’न्सबार, सिनेमा हल लगायत भि’डभाड हुने ठाउँमा ग’म्भीर सा’वधानी अपनाउन सरकारले अपिल गर्नेछ । सरकारले जारी गर्ने आ’चारसं’हिता पालना नगरे च’रणबद्ध क’डाइ गर्ने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले बताए ।

उता लुम्बिनी प्रदेशको बाँके जिल्लामा मात्रै २४ घण्टामा ७ संक्रमितको मृ’त्यु भएको छ । बाँके जिल्ला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले दिनुभएको जानकारी अनुसार २४ घण्टामा बाँकेमा ७ जना संक्रमितको मृ’त्यु भएको हो ।

७ मध्ये सबैभन्दा पछि ज्यान गु’माउनेमा नेपालगन्जस्थित भेरी अस्पताल उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० का ६१ वर्षीय पुरुष रहेका छन् । उनको शनिबार बिहान मृ’त्यु भएको हो ।भेरी अस्तपालका अनुसार ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ८ गते अस्पतालमा भर्ना भएका थिए ।

यसबाहेक जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष, वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुष शुक्रबार बिहान मृ’त्यु भएको थियो ।

रा’जापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृ’त्यु भयो । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रि’भुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृ’त्यु भएको थियो ।