Ultimate magazine theme for WordPress.

धरहरामा टिकटक बनाउने र फोटो खिच्नेहरुको भिड

90

शनिबार धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्रीसँग सयौँ मानिसहरु सहभागी भएका थिए। प्रधानमन्त्रीबाटै जनस्वास्थ्य मापदण्ड पालना नगरेको विषयमा सामाजिक सञ्जालहरुमा तीव्र प्रतिक्रिया आइरहेका छन्।

धरहरा उद्घाटन समाराेह तामझामका साथ सञ्चालन भएपछि सर्वसाधारणहरुकाे पनि घुइँचाे लागेकाे थियाे। भित्र प्रधानमन्त्रीले जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्ने र बाहिर साेही समाराेह परैबाट हेर्न आएका सर्वसाधारणकाे भिडले संक्रमणकाे जाेखिम बढाएकाे थियाे।

धरहरा उद्घाटन समारोहमा समाचार संकलनका क्रममा संवाददाता फोटो पत्रकार, टिकटक बनाउने र फोटो खिच्नेहरुको बाक्लो भिड देखिएको तस्बिरहरुप्रति पनि सामाजिक सञ्जालमा अनेकन टिप्पणीहरु भइरहेका छन्।