Ultimate magazine theme for WordPress.

गाउँपालिकाद्वारा भोलि बिहानदेखि लागुहुने गरी लकडाउनको घो’षणा

66

तुलसीपुर । बबई गाउँपालिकामा भोलि बिहानदेखि लागुहुनेगरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना संक्रमितको संख्या र मृ’त्यु’दर बढ्न थालेपछि अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको बबई गाउँपालिका प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिनुभयो ।

गाउँपालिकामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ भने २ जनाको मृ’त्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी , व्या’पारीसंग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक राम्जाले जानकारी दिनुभयो । गाउँपालिमा भोलिदेखि यातायात, पसल, उद्योगधन्दा सबै बन्द हुनेछन् ।

त्यस्तै पश्चिम दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बबई गाउँपालिका वडाध्यक्षकी श्रीमति भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।स्वा’सप्रस्वासमा स’मस्या देखिएपछि शनिबार उपचारका लागि नेपालगञ्ज लगिएको थियो । महिलाको आज मृ’त्यु भएको हो । मृ’तक महिलालाई आजै कोरोना संक्रमण पुष्टि भएको थियाे ।