Ultimate magazine theme for WordPress.

काठमाडौं उपत्यकामा विहिवारबाट लकडाउन !

1,156

काठमाडौं –उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले विहिवारबाट लकडाउन गर्न प्रस्ताव गरेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जारी बैठकले बैशाख १६ गतेबाट दुई साता लकडाउन गर्न प्रस्ताव गरेका हुन् ।यद्यपी पूर्ण निर्णय भईनसकेको एक अधिकारीले जानकारी दिनुभयो ।

१६ गतेबाट लकडाउन गर्ने निर्णय लगभग भएपनि के–के खुल्न दिने र के–के खुल्न नदिने भन्नेबारेमा छलफल भईरहेको ति अधिकारीले बताउनु भयो । उहाका अनुसार पूर्ण लकडाउन गर्ने वा आंशिक गर्ने भन्नेबारेमा पनि छलफल भईरहेको बताउनु भयो ।सीसीएमसीले भने १५ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।

त्यस्तै आज बस्ने मन्त्रिपरिषद बैठकले कोरोना रोकथामबारे केही नयाँ निर्णयहरु गर्ने सीसीएमसी स्रोतले बताएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने, यातायातका साधनहरु जोरबिजोर प्रणालीका आधारमा मात्र चलाउन पाइने लगायतका निर्णयहरु हुन सक्ने स्रोतको भनाइ छ ।

विदेशबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नागरिकहरु, खासगरी भारतीय नागरिकलाई प्रवेश निषेध गरिने सीसीएमसीले सिफारिस गरेको छ । विमानमार्फत आउने विदेशीमाथि रोक लगाइने र नेपाली नागरिकको हकमा अनिवार्य क्वारेन्टिनमा राख्ने सीसीएमसीको सिफारिस रहेको स्रोतले बतायो ।

भारतीय सीमा नाकाहरुमा सरकारले यसअघि नै होल्डिङ सेन्टरहरु बनाउने भने पनि कार्यान्वयनमा आएको छैन । आज बस्ने मन्त्रिपरिषद बैठकमा सीमा नाकालाई कडाइपूर्वक व्यवस्थापन गर्नेबारे सीसीएमसीले प्रस्ताव तयार पारेको स्रोतले बताएको छ ।