Ultimate magazine theme for WordPress.

काठमाडौंमा आजैबाट जोरबिजोर लागु हुन् सक्ने

178

काठमाडौं-काठमाडौं उपत्यकामा १६ वैशाखदेखि लकडाउन गर्ने तयारी भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि लकडाउन गर्ने विषयमा छलफल गरेका हुन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जारी बैठकले बैशाख १६ गतेबाट दुई साता लकडाउन गर्न प्रस्ताव गरेका हुन् ।यद्यपी पूर्ण निर्णय भईनसकेको एक अधिकारीले जानकारी दिनुभयो ।‘तीन दिन समय दिएर निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको छ’, एक अधिकारीले भने, ‘निर्णय गर्न भने बाँकी छ ।’

१६ गतेबाट लकडाउन गर्ने निर्णय लगभग भएपनि के–के खुल्न दिने र के–के खुल्न नदिने भन्नेबारेमा छलफल भईरहेको ति अधिकारीले बताउनु भयो । उहाका अनुसार पूर्ण लकडाउन गर्ने वा आंशिक गर्ने भन्नेबारेमा पनि छलफल भईरहेको बताउनु भयो ।सीसीएमसीले भने १५ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।

श्रीताका अनुसार उपत्यकामा चल्ने यातायातका साधनमा आजैदेखि जोर–बिजोर प्रणाली लागु हुने सम्भावना छ ।त्यस्तै आज बस्ने मन्त्रिपरिषद बैठकले कोरोना रोकथामबारे केही नयाँ निर्णयहरु गर्ने सीसीएमसी स्रोतले बताएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने, यातायातका साधनहरु जोरबिजोर प्रणालीका आधारमा मात्र चलाउन पाइने लगायतका निर्णयहरु हुन सक्ने स्रोतको भनाइ छ ।

विदेशबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नागरिकहरु, खासगरी भारतीय नागरिकलाई प्रवेश निषेध गरिने सीसीएमसीले सिफारिस गरेको छ । विमानमार्फत आउने विदेशीमाथि रोक लगाइने र नेपाली नागरिकको हकमा अनिवार्य क्वारेन्टिनमा राख्ने सीसीएमसीको सिफारिस रहेको स्रोतले बतायो ।

भारतीय सीमा नाकाहरुमा सरकारले यसअघि नै होल्डिङ सेन्टरहरु बनाउने भने पनि कार्यान्वयनमा आएको छैन । आज बस्ने मन्त्रिपरिषद बैठकमा सीमा नाकालाई कडाइपूर्वक व्यवस्थापन गर्नेबारे सीसीएमसीले प्रस्ताव तयार पारेको स्रोतले बताएको छ ।