Ultimate magazine theme for WordPress.

कोरोना बिरुद्ध साउदीको क’ठोर कदम : पाँच वर्ष जे’ल, आप्रवासी भए देश नि’काला !

178

दोहा, एजेन्सी । कोरोना भाइरस संक्रमणको जो’खिम बढेसंगै साउदी अरबले जानाजानी संक्रमण अरूलाई सार्नेमाथी क’डा स’जाय दिने भएको छ । कोरोना सङ्क्रमण फै’लाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश नि’काला गरिने भएको छ।

साउदी सरकारको सार्वजनिक अभियोजनले कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मा’पदण्ड उ’ल्लङ्घन गरेर जानाजान कोरोना सङ्क्रमण फै’लाउनेलाई पाँच वर्ष जे’ल र पाँच लाख साउदी रियाल ज’रिबाना गर्ने निर्णय गरेको हो ।साउदीले आप्रवासीहरुलाई पनि कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध गराउदै आइरहेकोमा जनस्वास्थ्यका मा’पदण्डमा थप क’डाइ गरेको हो ।

साउदीमा कोरोना सङ्क्रमितको संख्या ४ लाख १२ हजार २१६ पुगेको छ भने ३ लाख ९५ हजार ५५७ ले कोरोना जि’तेका छन् । संक्रमणबाट ज्यान गु’माउनेको सङ्ख्या ६ हजार ९०० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।ठूलो सङ्ख्यामा नेपाली कामदार रहेको साउदीमा अहिलेसम्म सं’क्रमणबाट ८९ जना नेपालीले ज्यान गुमाएको रेकर्ड नेपाली दूतावाससँग छ ।

साउदीले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे न’खुलाएको करण के कति नेपाली सङ्क्रमित भए कति निको भएर काममा फर्किए भन्ने आधिकारिक तथ्याङ्क दू’तावाससंग नभएको बताइएको छ ।