Ultimate magazine theme for WordPress.

काठमाडौं उपत्यकामा खाद्य सामग्रीका पसल कति बजे खुल्छन् अब ?

167

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि काठमाडौंका तीनै जिल्लालाई एक हप्ता ‘लकडाउन’ मा राख्ने सरकारले निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेको निर्णयमा ‘लकडाउन’ शब्द भने प्रयोग गरिएको छैन ।

आगामी वैशाख १६ गते बिहान ६ बजेदेखि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्यलाई काठमाडौं जिल्ला प्रवेशमै रोक लगाउने भनिएको छ ।

अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने छैन । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाइ टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका हकमा सहजीकरण गर्न सकिने भनिएको छ ।‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ,’

निर्णयमा भनिएको छ, ‘आदेश उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने जानकारी गराइन्छ।’ यो आदेशसँगै अत्यावश्यक सेवाका लागि मात्र सवारीसाधन, पसल खुला गरिएको छ।यसैगरी, खाद्य सामग्री र औषधी, स्वास्थ्य सामग्री पसलबाहेकका अन्य पसल हाललाई बन्द गरिने छ।

खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गरिने छ। डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ। खाद्य सामग्री, ग्रोसरी पसल, औषध पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने निर्णयमा उल्लेख छ। पत्रकारको हकमा सूचना विभागले जारी गरेको परिचयपत्र चाहिने छ। काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले स्थानीय तहले तोकेको क्वारेन्टाइन होम आइसोलेसनमा बस्नुपर्ने छ।