Ultimate magazine theme for WordPress.

आजको राशिफल : २०७८ वैशाख २० गते सोमबार

177

मेष राशि : पिताजी सँग मिलेर गरेको काम वाट आर्थिक लाभ हुनुका साथै रोकिएको काम सम्पन्न हुने देखिन्छ । । कुने सभा वा साहित्य क्षेत्रको कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । मनमा खुशी छाउनेछ ।

वृष राशि : नसोचेको र कल्पना गर्दै नगरेको ठाउँबाट अचानक आर्थिक लाभको मिल्नेछ छ । व्यपार व्यवसायमा भने राम्रो हुँदै जानुका साथै फसेको सामान वा नगद फिर्ता पाइनेछ । घर परिवारमा मन रमाउनुका साथै कतै यात्राको अवसर जुट्न सक्नेछ।

मिथुन राशि : दाम्पत्यजीवनमा मत मतान्तर वा पुरानो समस्या थियो भने कम भएर जानेछ र सम्वन्धमा मधुरता छाउने छ । पाटनरसँग मिलेर गरेको व्यपारमा मुनाफा बढी हुने देखिएको छ ।

कर्कट राशि : स्वास्थ्य समस्या थियो भने उक्त समस्याले ठूलो रुप लिन सक्नेछ । शत्रुको कारण काममा अवरोधको साथै मनमा अशान्ति हुन सक्छ । जागिरमा भने प्रशंसाको पात्र बन्नसक्नुहुनेछ ।

सिंह राशि : लगानि गर्नु पूर्व धेरै सोचरे मात्र गर्नु होला अन्यथा समस्यामा पर्न सक्नु हुनेछ । प्रेमलाइ विवाहमा परिणत गर्न चाहानु हुन्छ भने समय राम्रो छ । मनमा आनन्दको साथै सुख छाउने छ ।

कन्या राशि : कृषि क्षेत्रवाट लाभको साथै चौपायबाट खुशी मिल्नेछ । मनमा भएको संका वा रिस कम भएर जानुका साथै साथी भाइसँग विग्रेको सम्वन्धमा सुधार भएर जाने छ ।

तुला राशि : कतै रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनुका साथै जागिरमा पदोन्नतिको सम्भावना छ । नयाँ कामको अवसर प्राप्त हुन सक्छ तर पाटनरले भने काममा धोका दिने सम्भावना पनि उत्तिकै छ ।

वृश्चिक राशि : अचल सम्पत्ति किन बेचको समय छ । व्यापार वा व्यवसायबाट मनग्गे लाभ हुने देखिन्छ । रिसलाइ नियन्त्रण गर्नुपर्ने देखिन्छ, आफुले गरेको लगानीमा भने केही समस्या देखा पर्न सक्छ ।

धनु राशि : जागीर वा व्यवसायबाट लाभ मिल्नेछ । नयाँ ठाउँ र योजना अनुसारको लगानीको लागि साथीभाइसँगको भेटले मनमा उत्साह बढाउनेछ । तपाइको शत्रु भएका व्यत्तिहरु पनि मित्र बनेर आउने छन् ।

मकर राशि : धन लाभको साथै विश्वास गरेको व्यक्तिले धोका दिन सक्ने छ । रमाइलो माहोलमा जान पाउने अवसर मिल्नेछ नयाँ व्यत्तिसँगको भेटल मन प्रशन्न हुने छ ।

कुम्भ राशि : विदेशवाट लाभ प्राप्त होला, नयाँ कामको अवसर प्राप्त हुने देखिन्छ । नयाँ काममा लगानी गर्ने अवसर पनि मिल्नेछ । शत्रुको कारण भने अचल धनसम्पत्तिमा समस्या आउन सक्छ ।

मीन राशि : साहित्य क्षेत्रमा मन रमाउनुका साथै नयाँ कामले गर्दा नयाँ साथीभाइ भेटिने छ । घर परिवारमा रमाइलो वातावरण हुनेछ भने आर्थिक समस्याले भने सताउने देखिएको छ ।