Ultimate magazine theme for WordPress.

चुनाव जितेको खबर पाएपछि विवाह बिचैमा रोकेर बेहुली जव मतगणनास्थलमा पुगीन्

332

एजेन्सी । मण्डपमा बेहुला बेहुली बसिरहेका थिए । विवाहको कर्म भइरहेको थियो । त्यसैमा वेहुलीले चुनाव जितेको समाचार मण्डपमा आइपुग्यो । उनले (बीडीसी) गाउँ विकास समिति सदस्यको रूपमा पञ्चायत चुनाव जितेको खबर पाइन् उनले त्यो खुसी सम्हाल्न सकिनन् ।

उनले विवाह छोडेर हिडिन् । दुलहीले बिहेको समारोह बीचमा रोकेर सिधै मतगणना स्थल पुगीन् ।यो घटना रामपुरको मिलाक तहसीलको मोहम्मदपुर जाडिद गाउँको छ। जहाँ यूपीको बरेलीबाट जन्ती आएको थियो। विवाह मंडप सज्जित थियो र दुलही पूनम उनको विवाह समारोहमा सरिक भएकी थिइन् ।

उनलाई त्यती नै बेला थाहा भयो उनले पञ्चायत चुनाव जितेकी छन् । त्यसैले उनको खुशीको सिमाना नै रहेन उनी विवाह समारोह रोकेर सीधै मतगणना स्थलमा पुगीन् ।उनी मतगणनास्थलमा रातो बेहुलीको लुगा र गहनाले झकिझकाउ भएर पुगेकी थिइन् ।उनलाई यस्तो रुपमा देखेर सबै छक्क परे ।

तर जब मानिसहरूले थाहा पाए कि दुलही बीडीसी सदस्यको चुनावमा खडा छिन् र उनी विजयी पनि भइन् सबैले बधाई दिन थाले । पंचम चुनावमा पूनमले ६०१ मत ल्याई आफ्नो प्रतिद्वन्द्वी शकुन्तलालाई ३१ भोटले पराजित गरिन् ।यो जितसँगै, पूनमको खुशी दोब्बर भएको छ। भनिन्छ कि केहि अनुष्ठान भइरहेको थियो र केहि पूरा भएको थियो।

यस समयमा, दुलही पूनमले मतपरिणाम थाहा पाएपछि विवाह रोकेर मतगणनास्थलमा आएर जितको प्रमाणपत्र लिएकी छन् । विजयपछि पूनम भन्छिन् कि एकातिर विवाहको खुशी छ र अर्कोतिर बीडीसी सदस्यको रूपमा छानिएको छु । म यो क्षणलाई कहिले भुल्न सक्दिन यो भन्दा ठूलो मेरो लागि के हुन सक्छ, पूनमले भनिन् विवाहको विधिहरू पूरा गर्न बाँकी नै छ । म विजयको प्रमाणपत्र लिन आएकी हुँ । गाउँमा विवाह समारोह भइरहेको छ।