Ultimate magazine theme for WordPress.

‘आँसुका धारा था’म्न सकिन दाई’

143

काठमाडौँ, बैशाख २३ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान बिहिबार दिउसो करिब १ बजेर ४५ मिनेटमा नि’धन भएको छ। सास फेर्न गाह्रो भएपछि उनलाई आज बिहान सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको लागि पुर्याइएको थियो ।

उपचारको क्रममा उनको नि’धन भएको छ। प्रेमध्वज प्रधान घुम्तिमा नआउँ है, गोरेटो त्यो गाउँको, पर लैजाउँ फूलहरु, नमान लाज जस्ता थुप्रै हिट गीतका गायक, नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक,नेपाली संगीतका अग्रज ध’रोहर हुन् । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।

गायक प्रधान बुवा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको को’खबाट विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा ज’न्मिएका थिए। उनको निधनको खबरले नेपाली संगीतलाई माया गर्ने सबैजनालाई दुखि बनाएको छ। उनको निधनप्रति चर्चित हास्य कलाकारह मदन कृष्ण श्रेष्ठ निकै दुखि भएका छन्।