Ultimate magazine theme for WordPress.

काठमाण्डाैमा नि’षेधाज्ञाकाे पूर्ण पालना भएकाे छ : सीडीओ पराजुली

132

काठमाण्डाै – काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले नि’षेधाज्ञाको पूर्ण पालना भएको बताउनुभएको छ । साेमवार नि’षेधाज्ञाको अनुगमन गर्न नागढुङ्गा नाका पुग्नुभएका प्रमुख जिल्ला अधिकारी पराजुलीले नि’षेधाज्ञाको पूर्ण पालना भएको र जाँचलाई पनि क’डा बनाइएको बताउनुभएको हो ।

अत्यावश्यक बाहेकका कुनै पनि सवारी सा’धन नचलेको उहाँले दाबी गर्नुभयो । सीडी‌ओ पराजुलीले भन्नुभयो, ‘नियमित रूपमा नि’षेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गरिरहेका छौँ । अहिले नागढुङ्गा नाकामा अत्यावश्यक गाडीबाहेक अरू चलेको अवस्था छैन ।

नि’षेधाज्ञा पूर्ण पालना भएको छ । कार्यान्वयन भएको छ । जाँ’चलाई कडा बनाइएको अवस्था छ । यो अवधिमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना सबैको संयोजनमा प्र’भावकारी रूपमा नै कार्यसम्पादन भएकाे अवस्था छ ।

नेपाल प्रहरीले मास्क न’लगाउने व्यक्तिलाई का’रबाही गर्दा ६ लाख रुपैयाँ ज’रिबाना सङ्कलन गरिसकेको छ । अहिलेसम्म ३० हजार गाडी हो’ल्डिङमा परेको अवस्था छ ।’प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न चे’क पो’इन्टमा अनुगमनलाई ती’व्रता दिइएको बताउनुभयो ।