Ultimate magazine theme for WordPress.

राजनीतिमा नयाँ मोड, जसपालाई पनि प्रधानमन्त्री नै चाहियो (संयुक्त विज्ञप्तिसहित)

55

काठमाडौं– जनता समाजवादी पार्टी प्रतिपक्षीमै रहने भएको छ ।पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका हुन् ।

जनता समाजवादी पार्टीका दुइ ध्रुवमा रहेका नेता महन्थ ठाकुर र उप्रेन्द्र यादवको विज्ञप्तिले राजनीति नयाँ मोडमा पुगेको हो । ‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क-वितर्क एवं अड्कलबाजीहरू भइरहेका छन् । तत्काल हामो पार्टी सरकारमा सहभागी हुने छैन,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै राष्ट्रिय सहमतिको सकारको नेतृत्व गर्ने अवसर पाएमा भने दाबी गर्ने उनीहरूले बताएका छन् । ‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले पार्टीलाई एकताबद्ध बनाउने विषयमा ७ बुँदा अघि सारेका छन् । जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ। यही जेठ ८ र ९ गते ललितपुरको बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जसपाको हो । पार्टीभित्र देखा परेको आन्तरिक विवाद हल गरेपछि कार्यकारिणी समितिको बैठक बोलाइएको हो।