Ultimate magazine theme for WordPress.

भर्खरै काठमाडौंनै हल्लाउने गरि फेरी गयो लमजुङको भुलभुले केन्द्र भएर भूकम्प

621

काठमाडौँ हल्लाउने गरि लमजुङको भुलभुलेमा आज बिहान लगातार दुईपटक भूकम्प गएको छ। आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार लमजुङमा बुधबार बिहान गएको यो दोस्रो भूकम्प हो ।भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । बुधबार विहानै लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पले पुर्याएको क्ष’ति विवरण आउन शुरु भएको छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार दुईवटा घर भ’त्किदा दुई जना घा’इते भएका छन् ।लमजुङस्थित पत्रकार आश गुरुङका अनुसार वेशीशहर नगरपालिका वडा ८ चनौटे र सोही नपाको वडा नम्बर ११ रामचोकवेशीमा एउटा एउटा घर भ’त्किदा दुई जना घाइते भएका छन् ।

विहानै भूकम्पकाे ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए। भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्की लगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए। भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्। केही स्थानमा सुख्खा पहिरो पनि गएको छ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भूकम्पपछि मानिसहरूबीच भागाभाग भएको बताए । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए ।