Ultimate magazine theme for WordPress.

नेपालमा आज एकैदिन ६५४३ जना संक्रमित काे’राेना मु’क्त, १९० जनाको ज्यान गयो

627

काठमाडौं- नेपालमा पछिलो २४ घन्टामा थप ८३०५ जनालाई को’रोना संक्रमण पुष्टि भएको छ ।देशका बिभिन्न प्रयोगशालामा गरिएको को’रोना परिक्षणमा थप ८३०५ जनालाई को’रोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६९५ जना पीसीआर र ३९२ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ३०५ जनामा पोजेटिभ देखिएको हो । नेपालमा को’रोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ यस्तै पछिल्लो २४ घण्टामा ६५४३ जना संक्रमित काे’राेना मु’क्त भएका छन् ।

मन्त्रालयका अनुसार आज १९० जना संक्रमितको ज्यान गएको छ ।आज ज्यान गुमाउने सहित ५८ सय ४७ ले को’रोना संक्रमण बाट ज्यान गुमाएक छन्।उता म्याग्दीको बेनी नगरपालिका ४ सिंगाका १ जना युवक क्याम्पस पढ्थे । क्याम्पस जाँदा नै को-भि’ड–१९ संक्रमण भएका उनी आइसोलेसनमा बस्नुपथ्र्यो । तर, उनी पसलमा सामान बेच्दै बसे ।

जो सामान किन्न गए उनीहरुलाई को-भि’ड–१९ पनि बाँड्दै गए । सामान किन्ने र तिनका परिवारमा को’रोना पस्यो । गाउँका ५१ घरमा अहिले को’रोना पोजेटिभ देखिएको छ, हरेक परिवारको १ जनाको मात्रै पि’सिआर जाँचिएको थियो । सोही गाउँकी ८६ वर्षीया कमलकुमारी भट्टचन नजिकको सोही पसलमा चिनी किन्न पुगिन् ।

उनलाई पनि को’रोनाले स’मातिहाल्यो । बेलुकादेखि नै उनलाई अप्ठ्यारो हुन थाल्यो अनि ज्वरो आयो, खान मन नलाग्ने । यही लक्षण देखियो परिवारका अन्य सदस्यलाई पनि तर सामान्यजस्तो लाग्यो । कमलकुमारीको स्वास्थ्य स’मस्या सुरुमा हावापानी परिवर्तको कारण हो भन्ने ठानियो ।

उनी सि’किस्त भइन् । परिवारका सदस्यले हा’र गु’हार गरे । बेनीका प्रकाशले एम्बुलेन्स ब’न्दोबस्ती गरेर स’घाए । उनीहरु उपचारका लागि पोखरा हानिए । नातिनी एलिजाले भनिन्, ‘एम्बुलेन्समा हामी पोखरा आयौं । फुपुलाई सं’क्रामक तथा स’रुवा रो’ग अस्पताल शिशुवा र हजुरआमालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इ’मर्जेन्सीमा राखियो ।’

आइसोलेसनमा राख्न त पि’सिआर रिपोर्ट पो’जेटिभ आउनुपर्ने रहेछ । ‘हामीले निजी ल्याबबाट पि’सिआर जाँच गरायौं, बिहानको रिपोर्ट बेलुका आयो । सरकारीमा गरेको भए ३ दिन लाग्ने रहेछ, ३ हजार ति’रेपछि निजीबाट सोही दिन रिपोर्ट आयो,’ उनले भनिन् ।

कमलकुमारीको रिपोर्ट पोजेटिभ आयो । उनलाई आ’इसोलेसनमा सारियो । आइसोलेसनमा भर्ना भएकी उनमा पखाला र दिसासँगै र’गत ब’ग्ने ’समस्या थपियो । भोलिपल्ट कमलकुमारी पनि सं’क्रामक तथा सरुवा रो’ग अस्पताल शिशुवाको आईसीयुमा भर्ना भइन् ।

एलिजाले भनिन्, ‘गण्डकी अस्पताल र संक्रामक तथा स’रुवा रो’ग अस्पताल दुईतिर बि’रामी हुँदा अप्ठेरो भइरहेको थियो । एकैतिर सा’रेपछि सहज भयो ।’ ‘हजुरआमालाई अस्पताल जाने बेलासम्म को’रोना के हो भन्ने नै थाहा थिएन, त्यसैले होला, उहाँमा आ’त्मवि’श्वास गुमेको थिएन,’ नातिनी एलिजाले भनिन् ।

बि’रामीको आत्मविश्वास, डाक्टरको उपचार तथा सल्लाह र नि’गरानीबाट को’रोना जित्न सकिने एलिजाको भनाइ छ । अस्पतालमा पु¥याउँदा अ’र्धचे’त र शरीरबाट र’ग’त ब’गिरहेको अवस्था थियो । सुरुमा त बेड उपलब्ध ग’राउन न’सकिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इ’मर्जेन्सीमा राखेर उपचार था’लिएको सं’क्रामक तथा स’रुवा रो’ग अस्पतालका निर्देशक डा. विकास गौचनले बताए ।

१६/१७ सम्म को’रोनासँग कमलकुमारीले पौं’ठेजोरी खेलिन् । उनलाई डाक्टरहरुले साथ दिए । औ’षधी इ’न्जेक्सनबाट दिने गरिन्थ्यो । अन्तत उनले को’रोनालाई प’रास्त गर्न सफल भइन् । ‘सं’क्रामक अस्पतालको से’वा राम्रो रहेछ । राम्रोसँग सेवा पाइयो, त्यसैमाथि सं’क्रामक रो’ग अस्पतालका डा. विकास गौचन ना’तेदार पनि हुनुहँुदो रहेछ, त्यहीं गएपछि थाहा भयो,’ एलिजाले भनिन् ।

डा. गौचन भेटेपछि बि’रामी कमलकुमारी र कुरुवा एलिजाको आ’त्मविश्वास झ’न् बढेको थियो । उनले अस्पतालमा र’हँदाको कुरा स्म’रण गर्दै भनिन्, ‘सोही अवधिमा भर्ना भएका को’रोना बि’रामी सलमान खान दाइ बित्नुभयो । मनमा एकखालको सोच घरिघरि आ’इरहन्थ्यो तर मन द’रो पारेर बस्थें ।

मा’नसिक रुपमा क’मजोरजस्तो पनि भइरहेको थियो, अनि फेरि सोच्थें म कमजोर बने कसले हेर्छ बि’रामी ?’ ‘खाना खानु भएको छ, शा’रीरिक क’मजोरीभन्दाबाहेक केही स’मस्या छैन, सबै नि’को भयो,’ बि’रामी कु’रुवा भट्टचनले भनिन् । अब पनि केही समय होम आ’इसोलेसनमै रहन र पौ’ष्टिक र लोकल खाना खुवाउन डाक्टरहरुले सुझाएका छन् । उनीहरु को’रोनामुक्त भएर गाउँ फर्किसकेका छन् ।