Ultimate magazine theme for WordPress.

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन, पुरानो हस्ताक्षर दुरुपयोग भयो: सुरेन्द्र पाण्डे

390

काठमाडौं । नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए ।

पाण्डेले भने- पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ ।उता रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितलनिवास पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर लिएर विपक्षी दलका सांसदहरु शितलनिवास पुग्नुअघि नै प्रधानमन्त्री त्यहाँ पुगेका थिए।

त्यस्तै नयाँ सरकार गठनका लागि १४९ जना सांसदहरुको हस्ताक्षर बोकेर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर नेताहरु शिलत निबासमा गएका हुन् ।

उनीहरु अहिले शितल निवास भित्र राष्ट्रपतिको पर्खाइमा छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । सोही समयभित्र दाबी बुझाउन जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहितका नेता राष्ट्रपति कार्यालय गएका छन् ।

देउवालाई एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदले पनि साथ दिने सहमति भएको छ । स्रोतका अनुसार देउवालाई १४९ जना सांसदले प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाएका छन् । सोही हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय गएका हुन् ।