Ultimate magazine theme for WordPress.

Breaking: ओली एमालेका १२१ जना सांसद नै आफूसँगै रहेको दाबीसहित शीतल निवास पुगेको खुलाशा

396

नेकपा एमालेका १ सय २१ जना सांसद नै आफूसँग रहेको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।साथै उनले माधव नेपाल पक्षीय ५ सांसदको हस्ताक्षर दुरुपयोग भएको जानकारी पनि राष्ट्रपतिलाई गराएको स्रोतले जानकारी दियो ।

सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले हस्ताक्षर दुरूपयोग गरेको भन्दै ओलीलाई गराएको र सोही सन्देश ओलीले राष्ट्रपतिलाई दिएको स्रोतको दाबी छ ।त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर लिएर विपक्षी दलका सांसदहरु शितलनिवास पुग्नुअघि नै प्रधानमन्त्री त्यहाँ पुगेका थिए।

विपक्षी गठबन्धनका नेताहरु पुग्न भन्दा १० मिनेट पहिले नै प्रधानमन्त्री शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ ।सरकार गठनको दावी गर्नका लागि ओली शीतलनिवास पुगेका हुन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री रुपमा प्रस्ताव गर्दै शीतलनिवास पुगेका विपक्षी गठबन्धनका नेताहरुभन्दा अगाडि नै ओली पुगेको खुलेको छ ।

ओली अहिले राष्ट्रपति कार्यालयमा छन् । त्यस्तै नयाँ सरकार गठनका लागि १४९ जना सांसदहरुको हस्ताक्षर बोकेर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर नेताहरु शिलत निबासमा गएका हुन् ।

उनीहरु अहिले शितल निवास भित्र राष्ट्रपतिको पर्खाइमा छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । सोही समयभित्र दाबी बुझाउन जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहितका नेता राष्ट्रपति कार्यालय गएका छन् ।

देउवालाई एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदले पनि साथ दिने सहमति भएको छ । स्रोतका अनुसार देउवालाई १४९ जना सांसदले प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाएका छन् । सोही हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय गएका हुन् ।