Ultimate magazine theme for WordPress.

राष्ट्रपतिलाई महन्थ पक्षको पत्र- १२ सांसदलाई मान्यता नदिइयोस्, हामी कारवाही गर्दैछौं

368

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले १२ जना सांसदलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएका छन् ।शुक्रबार अध्यक्ष ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसपाका १२ जना सांसदलाई कारबाही गरेको पत्र पठाएको स्रोतले जानकारी दियो ।

उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढेको भन्दै उनीहरुले गरेको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरिएको हो ।जसपा अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपा उपेन्द्र यादव पक्षका १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति कार्यालयलाई आग्रह गरेका हुन् ।

यादव पक्षका १२ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।पार्टी निर्णयविपरित हस्ताक्षर गर्ने सांसदहरुमाथि पार्टीले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाएकाले १२ जनालाई गणना नगर्न लिखित आग्रह गरेको हो ।