Ultimate magazine theme for WordPress.

एमाले र राजपाको राष्ट्रपतिलाई पत्र, पार्टी निर्णयविपरीतका हस्ताक्षर मान्यता नदिन आग्रह

109

काठमाडौं– सत्तारुढ नेकपा एमाले र राष्ट्रिय जनता पार्टीले पार्टी निर्णयविपरीतका हस्ताक्षर मान्यता नदिन आग्रह गरेका छन् ।राजपाको संस्थापन समूहले एमाले संसदीय दलका नेता एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको छ ।

एमालेकै माधव नेपाल पक्षका २६ र राजपाको उपेन्द्र यादव समूहका १३ सांसदले नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका प्रत्यासी शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दाबीलाई मान्यता नदिन अध्यक्ष ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ ।

हस्ताक्षर दुरुपयोगको छानबिन भइरहेको र कारवाहीको प्रक्रियामा रहेको जानकारी समेत दिइएको छ ।जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।