Ultimate magazine theme for WordPress.

जीएमद्वारा सरकारको बचाउ ,नेता र पत्रकारहरुको सत्तोसराप

140

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक वर्तमान सरकारको असल सुशासनका सबैभन्दा राम्रो नमूना साबित भएका छन् ।दिइएको जिम्मेवारी पूरा नगर्ने तर बालुवाटारभन्दा एक कदम अघि बढेर राजनीतिक नेताहरुमाथि सामाजिक सञ्जालमा विष वमन गर्ने उनको जिम्मेवारी र दायित्वमा सबैभन्दा पहिलो नम्बर रहेको देखिन्छ ।

प्रायः बालुवाटारको तावेदारी गर्ने र एमालेका अन्य वरिष्ठ नेतामाथि आमाचकारी गाली गर्ने गुरु भट्टराईले आज प्रेस जगतलाई नै मुछेका छन् ।अशिष्ट शब्द प्रयोग गर्दै उनले शुरु गरेका छन् …ओइ पत्रकार ! दिउँसो प्रधानमन्त्रीले ७६ (४) अनुसार विश्वासको मत लिन सक्दिनँ भनेको हो र ! ७६ (५) अनुसार सरकार बनाउन बहुमत छैन भनेका हुन् र ? ७६ (५) मा गएपछिको कुरो अर्कै हुन्छ ।

कुमाइको घुमाइ यिनले बुझ्न धेरै समय लाग्छ । अब रोइलो नगर । माकुनेका नक्कली हस्ताक्षरले सरकार बन्दैन ।’पत्रकार महासंघका पदाधिकारीहरु भन्छन्-तुच्छ शब्दले नेताहरुमाथि सँधै विषवमन गर्ने यस्ता सरकारी कर्मचारीमाथि साइबर क्राइम लाग्दैन ?कि बालुवाटारको स्तुति गाउनेलाई छुट छ ?

बालुवाटारको गुणगान गाउँदै नियुक्ति लिएका भट्टराईले कम्पनीको काममा भने माखो मारेका छैनन् । स्थानीय जनकपुर र भारतीय सीमावर्ती शहर जयनगरका वासिन्दाले समेत पत्याउन छाडेको रेल्वे कम्पनीको कामकारबाहीलाई उनै भट्टराईको कम्पनीको वेभसाइटमा यसरी बढाइचढाइ लेखिएको छ ।

…रेल्वे क्षेत्रको समग्र लक्ष्य भनेको सुरक्षित,भरपर्दो एवम् ल्याकतअनुसार सार्वजनिक रेल सेवाको निर्माण र विस्तार अन्तराष्ट्रिय जगतसम्म गरी सञ्चालन र व्यवस्थापन समयसापेक्ष एवम् समुचितढंगमा गरी सेवालाई विश्वस्तरीय बनाई देशको सामाजिक,आर्थिक विकास समग्रतामा बृद्धि गर्नु हो ।’जन आस्था