आइतबार १६ आश्विन २०७९

नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका नेता झलनाथ खनाल पनि विस्तारै बोलीको टुंगो नहुने नेताका रुपमा चिनिन थालेका छन् । चुनावको मिति नजिक आएसँगै उनका बोल्ने भाषा र भंगी परिवर्तन हुँदै गएका छन् ।

माधव कुमार नेपालसँगै लागेर एमाले विभाजन गराउँने मध्येका एक नेतृत्वकर्ता खनाल स्थानिय तहको निर्वाचन पछि भने विस्तारै एमालेसँग नजिक हुन खोजेका थिए । पाँच दलीय गठबन्धनको नाम दिइए पनि मूलत गठबन्धन काग्रेस र माओवादीका विचमा मात्रै भएको भन्दै उनले विस्तारै फरक मत राख्दै आएका थिए।

गठबन्धनको नाममा काग्रेस , माओवादीले नेकपा एसलाई भोटर मात्रै बनाएको र यो रुपमा गठबन्धनमा बस्नु भन्दा एमालेमै फर्कनु पर्ने मतहरु उनले निकै जोडतोडले राखेका थिए । स्थानिय चुनावमा एमालेले पनि धक्का खाएको र नेकपा एसले पनि धक्का खाएकाले अब मिल्नु पर्छ भन्दै आएका उनी रातारात युटर्न भएका छन् ।

पछिल्ला केहि समय सरकारमा सहभागी भएको दलको नेता भए पनि झलानाथ खनालको आवाज प्रतिपक्षीको भन्दा कम थिएन । एमसीसी र एसपीपीको त उनले खुलेरै चर्को विरोध गरे भने नागरिकता विद्ययेकको पनि राष्ट्रिय सहमतीबाट मात्रै पारित गर्नु पर्ने अडान राखे ।

कति सम्म भन्ने खनाल चुनाव अघिनै एमाले प्रवेश गरेर सुर्य चिन्हबाट चुनाव लड्ने चर्चा समेत चर्चा चलेको थियो तर उनी विस्तारै मोडिन थालेका छन् ।

पछिल्लो समय खनाल एमालेसँग नजिक भएको र एमालेनै प्रवेश गर्न सक्ने र नेकपा एस पार्टीको अस्तित्वनै जोखिममा पर्न सक्ने गहिरो गरि बुझेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादु देउवालाई पनि भनेका थिए अनी कथाले अर्कै मोड लिएको बताइएको छ ।

विश्वस्त स्रोतले दिएको सुचना अनुसार देउवा , प्रचण्ड र माधव नेपाल तीनै जनाले अबको राष्ट्रपती तपाई भनेर खनाललाई बचन दिएका छन् । चुनाव पछिको समिकरणमा भागबण्डामा राष्ट्रपती नेकपा एसले पाउँने र त्यस्तो अवस्थामा तपाईलाई राष्ट्रपती बनाउँछु भनेर माधव नेपालले देउवा र प्रचण्डलाई समेत साक्षी राखेर बताएको दाबी गरिएको छ । त्यस पछि खनाल दंग परेको बताइएको छ ।

देउवा, नेपाल र प्रचण्डले त तपाई चुनाव उठ्नै पर्दैन अबको राष्ट्रपती तपाईनै हो भनेर भनेको बताइएको छ तर झलनाथ खनाल त्यसो भएता पनि चुनाव उठ्ने तयारीमा रहेका छन् । केहि दिन अघि सम्म काग्रेस माओवादीलाई धोकेबाज भन्ने गरेका उनी अहिले राष्ट्रपतीको कुर्सी झलझली आँखा अघि नाच्न थालेको देख्न थाले पछि गठबन्धनको विकल्प नभएको भन्न थालेका छन् ।

एमालेसँग मिल्नु पर्ने कुरा गर्ने थाले पछि नेकपा एस भित्र उनको प्रभाव निकै बढको थियो । निर्णयमा उनी हाबी भएका थिए । विभिन्न प्रकराणमा चुकेका कारण अध्यक्ष माधव कुमार नेपाल रक्षात्मक बन्न थालेका थिए भने खनाल निर्णायक बनिरहेका थिए ठिक यसै बेला अध्यक्ष नेपालले नयाँ कार्ड खेलेर उनलाई साइजमा ल्याएका छन् ।

यत्ति सम्मकी अहिले त झलनाथ खनाल एक्लै चुनाव लड्नुलाई एक्ले ढेडु हुन जस्तो हो भन्न थालेका छन् । एक्ले ढेडु जसरी एक्लै चुनाव लडेर केही नहुने भन्दै उनले गठबन्धनको विकल्प नभएको भन्न थालेका छन् । एमाले प्रति नरम बन्दै गएका खनाल फेरी गरम बन्न थालेका छन् ।


Last Updated on: August 22nd, 2022 at 10:42 am

तपाईको प्रतिक्रिया