Ultimate magazine theme for WordPress.

काठमाडौंमा थप क’डाइ : के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित)

127

स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ ।पहिलोपटक एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा पटक–पटक थपिए पनि काठमाडौं उपत्यकामा को-भि’ड–१९ को चेन ब्रेक हुन सकेको छैन ।

संक्रमण र मृ’त्युदर करिब एक महिनादेखि उस्तै छ । निषेधाज्ञाले संक्रमणको दर घ’टाउन भुमिका खेलेको छैन ।तर, स्थानीय प्रशासनले नि’षेधाज्ञा जारी राख्दै थप क’डा बनाउने निर्णय गरेको छ । यद्यपि संक्रमण नियन्त्रणमा आएको काठमाडौंका सीडीओको दाबी छ ।

‘संक्रमण कन्ट्रोल भएको हाम्रो निष्कर्ष छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘अहिले अस्पतालमा बि’रामीको चाप घटेको छ, अक्सिजनको सम’स्या स’माधान भएको छ ।’निषेधाज्ञालाई निरन्तरता दिएर नै को-भि’डको चेन भ’त्काउन सकिने निष्कर्षसहित जेठ १४ बाट निषेधाज्ञालाई थप क’डा पार्ने प्रजिअहरुले निर्णय गरेका छन् ।

मंगलबारको निर्णय अनुसार जेठ १४ बाट उपत्यका खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न पाइँदैन ।सरकारी कार्यालय, बैंक, इन्टरनेट सेवा प्रदायक संस्था र एनसेलका सवारी साधन बिहान साढे ९ देखि साढे १० सम्म चल्न पाउने छन् । त्यसैगरी बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र ती सवारी साधनहरु चल्न पाउँनेछन् ।

सरकारी, बैंक र इन्टरनेट सेवा प्रदायक कम्पनीका गाडी गु’डाउन क’डाइ गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।निजी तथा सार्वजनिक निर्माण ब’न्द गर्ने र निर्माण सामग्री ढुवानीमा पनि रोक लगाउने निर्णय गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरबाट यसअघि जारी सबै सवारी पास र’द्द गरिएको छ । आ’देशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ अनुसार का’रवाही गरिने स्थानीय प्रशासनले चे’तावनी दिएको छ ।