Ultimate magazine theme for WordPress.

जेठ ३ मा श्रीमती गु’माए, ७ गते छाेरा, अनि हिजाे आफैँ बिते

1,280

बुटवल-१०, कालिकानगरमा नाै दिनभित्र काे’राेनाका कारण एकै परिवारका तीन जनाकाे नि’धन भएको छ । यीमध्ये एक जनाको हाेम आइसोलेसनमा र दुई जनाकाे उपचारका क्रममा यु’निर्भसल मेडिकल कलेज भैरहवामा नि’धन भएको उनीहरूका आफन्तले बताएका छन् ।

नि’धन हुनेमा पूर्वजनप्रतिनिधि नरबहादुर गुरुङ, उनकी श्रीमती मनसुवा र छोरा प्रेम छन् ।संक्रमित भई घरमै बसेकी मनसुवा नाै दिनअघि ५ जेठमा बि’तेकी थिइन् । वडा नम्बर १० का वडा अध्यक्ष पदम थापाका अनुसार २ जेठमा मनसुवाकाे को’रोना रिपाेर्ट पोजिटिभ देखिएकाे थियाे ।

‘श्वा’सप्रश्वासमा स’मस्या भएपछि घरमै अक्सिजनको व्यवस्थापन मिलाइएकाे थियाे । तर, ५ गते उहाँ बि’त्नुभयाे’, वडाअध्यक्ष थापाले भने ।घरमा श्रीमतीलाई को’रोना पुष्टि भएपछि नरबहादुर र छोरा प्रेमकाे को’रोना परीक्षण गर्दा दुवै जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे थियाे ।

सास फे’र्न गाह्राे हुन थालेपछि उनीहरू युर्निभसल मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा छोरा प्रेम गुरुङको ७ जेठमा नि’धन भयाे । नरबहादुर गुरुङले हिजो राति अस्पतालमा अ’न्तिम सा’स लिएका वडा अध्यक्ष थापाले बताए ।यस्तै उनीहरूको नि’धन भएपनि बुहारी (३२) अहिले उपचारकै क्रममा अस्पतालमा छिन् ।

उनलाई परिवारका सदस्यको मृ’त्यु’को खबर समेत दिएका छैनन् । मृ’तकका आफन्त जेवी गुरुङले को-भि’ड’ले परिवार नै उ’जाड बनाएको बताए । ‘हाम्रो परिवार को-भि’ड’ले उ’जाड बनायो, यसलाई कसैले कमजोरीका रूपमा कसैले नलिऔं,’ उनले भने ।गुरुङका दुई छोरी र एक छोरा हुन् । छोराको को-भि’ड’का कारण ज्‍यान गइसकेको छ भने एक जना सानो नाति छन् । बाँकी दुई छोरी भने सकुसल रहेको आफन्‍तले बताए ।