Ultimate magazine theme for WordPress.

अ’भाव छ आईसियु र भेन्टिलेटरको, प्रदेश २ सरकार किन्छ वा’रुण यन्त्र !

75

बीरगन्ज – को’रोना महामारीका बेला प्रदेश २ मा आईसियु र भेन्टिलेटरको अभावमा दैनिक बि’रामीहरुको ज्यान गईरहेका बेला प्रदेश २ सरकारले भने नौवटा वारुण यन्त्र किनेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले किनेको वारुण यन्त्र बिहीबार जनकपुर आइपुगेको छ ।

प्रदेशका आठवटा जिल्ला प्रशासन कार्यालयलाई र एउटा प्रदेश प्रहरीका लागि गरी नौवटा बा’रुणयन्त्र किनेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कु’शवाहाले जानकारी दिए ।उनका अनुसार भक्तपुरस्थित ने’श्नल फ्या’रेन सिफ प्रालिबाट प्रतियन्त्र ५३ लाख रुपैयाँका दरले खरिद गरिएको हो ।

सम्भावित आ’गलागीका घटना तत्काल नियन्त्रण र क्ष’ति कम गर्ने उद्देश्यले वारुण यन्त्र खरिद गरिएको उनले बताए ।अहिलेको समयमा स्वास्थ्य क्षेत्रमा अ’भाव रहेको तथा महामारीलाई बेवास्ता गरेर प्रदेश २ सरकारले वा’रुण यन्त्र खरिद गरेको छ । प्रदेश सरकारले सं’वेदनहीन भएको भन्दै समाजिक सञ्जालमा सर्वसाधारणदेखि स्वास्थ्यकर्मी र राजनीतिक व्यक्तिले समेत सरकारको आ’लोचना गरेका छन् ।

स’त्तारुढ जसपाका सांसद उपेन्द्र महतोले प्रदेश सरकारको काम गर्ने शै’लीमाथि प्रश्न उठाउँदै सरकारको कामले आगो ला’ग्ने टिप्पणी गरेका छन् ।’प्रदेश सरकारलाई थाहा छ कि जुन हिसाबले प्रदेश सरकारले काम गरिरहेको छ, प्रदेशमा आ’गो लाग्ने निश्चत छ ।

त्यसैले यस्तो महामारीका समयमा पनि स्वास्थ्य सामग्रीको सट्टा दम’कल किनेको छ’, उनले समाजिक सञ्जालमा लेखेका छन् ।प्रदेश सरकारको चालु वर्षको बजेटमै वा’रुण यन्त्र खरिदको लागि रकम विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता कुश्वाहाले बताए । ७ महिनाअघि नै टेण्डर भए पनि खरिद प्रक्रियामा ढि’लाइ भएको उनले दाबी गरे ।

यसअघि महामारीकै बेला को’रोना नियन्त्रण, स्वास्थ्य उपकरण खरिद तथा अस्पताल व्यवस्थापन छो’डेर प्रदेशका समाजिक विकासन्त्री नवल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री राम नरेश राय मन्दिर निरीक्षण र राज्यमन्त्री सुरेश मण्डलले मन्दिर शिलान्यासलाई प्राथमिकता दिएपछि चौतर्फी आ’लोचना भएको थियो ।