Ultimate magazine theme for WordPress.

गणतन्त्र दिवसकै दिन राष्ट्रपति र प्रधानमन्त्रीलाई देउवाले लगाए यस्तो आरोप-

87

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ग’लत सं’स्कार र व्यवहारका कारण देश र जनताले दुःख भो’ग्नुपरिरहेको आरोप लगाएका छन्।

गणतन्त्र दिवसका अवसरमा शनिबार बिहान शुभकामना सन्देश जारी गरी सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको ग’लत शैलीका कारण नेपाली जनताको ठूलो त्याग र ब’लिदानीबाट प्राप्त गणतन्त्र नै असफल हुने खतरामा परेको टिप्पणी गरेका हुन् ।‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको च’रित्र र व्यवहारमा निर्भर हुन्छ।

लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको विषय बन्दछ र बन्नुपर्दछ,’ विज्ञप्तिमा देउवाले भनेका छन्, ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार त’दनुकूलको बन्न नसक्दा त्यसको दु’ष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भो’गिरहेका छौं।’

यसर्थ आज गणतन्त्रका दिवसका दिन यो ग’म्भीरता र चु’नौती मनन गरेर सम्पूर्ण नेपाली एकजुट भई अघि बढ्न उनले अपिल पनि गरेका छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक यही जेठ ७ गते मध्यराति संसद् विघटन गरेपछि अहिले सर्वाेच्च अदालतमा मुद्दा चलिरहेको छ। कांग्रेस सभापति देउवाले कोरोना महामारीबाट आ’क्रान्त नागरिकप्रति सरकार जिम्मेवार र संवेदनशील नदेखिएको आरोप पनि लगाएका छन्।

‘को-भि’ड-१९ को महामारीका कारण देश अहिले कठिन र सं’वेदनशील परिस्थितिको सामना गरिरहेको छ भने जनताको जीवनप्रति सरकार स’र्वथा उदासीन र सं’वेदनहीन देखिएको छ,’ उनले भनेका छन्, ‘यस स्थितिमा संक्रमणबाट आफू जो’गिन र अरूलाई पनि जोगाउन स्वास्थ्य मा’पदण्डलाई पूर्ण रूपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि म सबैलाई आग्रह गर्दछु।’