Ultimate magazine theme for WordPress.

चर्चित अभिनेत्री यामी गौतमले गोप्य रुपमा गरिन् बिहे , हेर्नुहोस् केहि तस्विर !

167

मनोरन्जन जगतमा हालै नयाँ खबर आएको छ। वास्तवमा बलिउड अभिनेत्री यामी गौतमले आदित्य धरसँग सात फेरो लिएकी हन। आदित्य धर फिल्म ‘उरी’ को निर्देशक हुन् र सोहि फिल्ममा यामीले मुख्य भूमिका निभाएकी थिइन्।

अब यामी र आदित्य बिहे बन्धनमा बाँधिएका छन्। साथै यी दुईले आ-आफ्नो इन्स्टाग्राम अकाउन्टबाट विवाहको तस्विरसार्वजनिक गरेका छन्। उनीहरुको बिहेको फोटो देखेर दर्शक छक्क परेका छन् भने बलिउड कलाकारबाट बधाईको ओईरो आएको छ।

यामी र आदित्यले सामाजिक सञ्जालमा एक पोस्ट लेखेर बिहेको फोटो साझा गरेकी हुन्। यस फोटोमा यी दुई एकअर्कालाई हेरेर मुस्कुराई रहेका छन्। यामी गौतम र आदित्यले फोटो सार्वजनिक गर्दे लेखेका छन् ,” हाम्रो परिवारको आशीर्वादले हामीले एक निजी समारोहका बीच बिहे गरेका छौँ।

निजी व्यक्ति भएको कारण हामीले आफ्नो परिवारसँग यो खुशीको अवसर साझा गरेका छौँ । हामी आफ्नो प्रेम र मित्रताका साथ यस यात्रामा तपाईहरुको आशिर्वाद र माया चाहन्छौ। तपाईहरुको यामी र आदित्य’।यामी र आदित्यले फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ मा सँगै काम गरेका थिए।

यस फिल्ममा विक्की कौशलले मुख्य भूमिका निभाएका थिए। साथै यामी गौतमको भूमिकालाई पनि निकै मन पराईएको थियो। यस फिल्मको सफलतापछि आदित्य पनि चर्चित भएका थिए। ‘उरी’ नै यी दुईको प्रेमको सुरुवात भएको थियो।

यी दुईले आफ्नो बिहेको खबर कतै पनि सार्वजनिक गरेका थिएनन्। उनीहरुले अचानक गरेको बिहेको खबरले दर्शक अचम्ममा छन्।